
काठमाडौं । लगानी बोर्डले बैठकले ३ सय ५० मेगावाट सौर्य ऊर्जा उत्पादनको सम्भाव्यता अध्ययनका लागि अनुमति दिएको छ ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेर बहादुर देउवाकोे अध्यक्षतामा वालुवाटारमा मंगलबार बसेको बोर्डको ४९ औं बैठकले सम्भाव्यता अध्ययनका लागि अनुमति दिने निर्णय गरेको हो ।
बैठकले सुदूरपश्चिम प्रदेशको डोटी र डडेल्धुराको अमरगढी नगरपालिकामा अनुमानित १ सय २५ र २ सय २५ मेगावाट गरी जम्मा ३ सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि सम्भावित अध्ययनका लागि अनुमति दिएको हो ।
अनुमानित लागत २३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने गरी परियोजना विकासका सम्बन्धमा सेन्ट्रल इलेक्ट्रनिक्स लिमिटेडलाई यसको अनुमति प्रदान गर्ने निर्णय बैठकले गरेको हो ।
यस्तै, बैठकले डावर नेपाल प्रा.लि. उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि ९ अर्ब ६८ करोड बराबर नेपाली रुपैयाँको लगानी स्वीकृत गर्ने लगायतका निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्