
काठमाडौं, फागुन ९ । समाजसेवी एवंम कीर्तिपुरस्थित श्रीकृति विहारका संस्थापक स्वर्गीय सत्यनारायण मानन्धर र उनकी श्रीमती स्वर्गीय तारादेवी मानन्धरको सतवार्षिकीको अवसरमा कल्पवृक्ष, अष्ट परिकारको दान गरिएको छ ।
श्रीकृति विहारमा भगवान वुद्धको एक मिटर अग्लो मूर्ति पनि स्थापना गरिएको छ ।
श्रीकृति विहारमा शुक्रबार आयोजित कार्यक्रममा विहारकी अनारिका मिना गुरुमाले दिवगंत आत्माहरुको सुखावति भुवनमा वासहोस् भन्ने कामना गर्दै पूजापाठ गरे । दिवंगत मानन्धरका छोरीहरु शारदा, सुभद्रा, शान्ति तथा सरिताले महारित्राण पाठ र बुद्ध पूजा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्