
काठमाडौं । युक्रेनको सीमा नजिक रुसी सेना तैनाथ गरिएतापनि आक्रमण गर्ने रुसको योजना नरहेको विश्वास दिलाएको फ्रान्सेली राष्ट्रपति म्याक्रोंले बताउनु भयो ।
विभिन्न देशको भ्रमणमा रहनु भएका फ्रान्सेली राष्ट्रपति म्याक्रों रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाइ भेट गरी युक्रेन पुग्नु भएको हो । सोही क्रममा युक्रेनका राष्ट्रपति भोलोमिडिर जेलेन्स्कीसंग भेटेर पुटिन आक्रमणमा पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो ।
उहँले रुससंग सकारात्मक वार्ता भएको भन्दै आफले मध्यमार्गी भुमिका निर्वाह गरिरहेको बताउँदै युक्रेनलाई ढुक्क हुन आग्रह समेत गर्नुभयो । रुसले बारम्बार युक्रेनमाथि आक्रमण नगर्ने जनाएतापनि युक्रेनको सीमाना नजिक एक लाख भन्दा बढी रुसी सेना भने तैनाथी अवस्थामा राखेको छ ।
अमेरिकाले रुसमाथि युक्रेनमा आक्रमण गर्ने तयारी गरेको भन्दै त्यसको जवाफी कारबाही गर्ने चेतावनी दिइसकेको छ । रुसले आठ बर्ष अघि युक्रेनको दक्षिणी क्रिमिया प्रायद्धीमा नियन्त्रण जमाएपछी रुस, युक्रेन र पश्चिमा राष्ट्रहरुबीच तनाव बढेको हो ।
एटलान्टिक सहयोग संगठन नेटोमा युक्रेनको आवद्धा प्रति असुन्तष्ट रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको भन्दै पछिल्लो समय यो तनाव झन उत्कर्षमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्