१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु


325
Shares

काठमाडौं । काठमाडौंको धापासीमा मंगलबार बेलुकी कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ३ बर्षीय श्रीयन पाण्डेको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा राति साढे ९ बजे धापासी स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने कार सहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।