
काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ ।
दलका नेता एवं मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सभा सदस्य अमृतालाई मंगलबार सचेतक नियुक्त गर्नु भएको हो ।
यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त हुनु भएपछि अमृतालाई उक्त जिम्मेवारी दिइएको हो ।
उहाँ २०७४ को प्रदेश सभा निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित हुनु भएको थियो ।
कांग्रेस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्