२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


स्रोत नखुलेको ७० लाख रुपैयाँसहित नुवाकोटका ढुंगाना पक्राउ


1.157k
Shares

काठमाडौं । काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको करिब ७० लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरको वडा नम्बर १६ बालाजुस्थित बाइपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट एक व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।