
काठमाडौं । रौतहटमा १९ वर्षीया किशोरीको शव भेटिएको छ ।
जिल्लाको ईशनाथ नगरपालिका–९ का कलाम मियाकी १९ वर्षीया छोरी चाँदनी खातुनको शव लवतना र मठिया टोलको बीचमा रहेको गहुँखेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
शलले घाँटी कसेको अवस्थामा शव भेटिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले ईमेजखबरलाई जानकारी दिनुभयो । घटनाको भएको खबर पाउनेबित्तिकै घिमिरे आफैँ घटनास्थल पुग्नुभएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्