
बैतडी, माघ २६ । बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या आरोपमा पक्राउ परेका चार जनामध्ये दुई जनालाई कारागार चलान गरिएको छ भने दुई जना धरौटीमा रिहा भएका छन् ।
बैतडी जिल्ला अदालतले पक्राउ परेका सुर्नया ६ कै हरिश अवस्थी र नवराज अवस्थीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरेको हो ।
रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।
डम्बरको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । हरिश र नवराजले डम्बरको हत्यामा संलग्न रहेको स्वीकारेका थिए ।
गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पुस २८ गते गाडेको अवस्थामा फेला परेको थियो । हरिशले दिएको सूचनाको आधारमा डम्बरको शव गाडेको अवस्थामा फेला परेकोे हो ।
त्यसअघि हरिशले विप्लव कार्यकर्ताले अपहरण गरेको नाटक समेत गरेका थिए । मृतक डम्बर विप्लव कार्यकर्ता रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्