
काठमाडौं, माघ २६ । पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा ११ हजार ६०३ पीसीआर तथा ४ हजार ७५३ एन्टिजेन परीक्षण भएको हो ।
यस्तै, गत २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ ।
बुधबार ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्