
रौतहट । जिल्लाको ईशनाथ नगरपालिका वडा नम्वर ९ लौतनाकी शव भेटिएकी किशाेरीकाे हत्या भएकाे आशंका गरिएकाे छ ।
गाउँ नजिकैको गहुँबालीमा घाटीमा शलले बेरेको अवस्थामा शव भेटिएकाे १९ वर्षीया चाँदनी खातुनको हत्याकाे भएकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
ईशनाथ नगरपालिका–७ घिउरा निवासी २२ वर्षीय फैयादसँग विवाह गरेकी उनी केही समयदेखि माइतीमै बस्दै आएकी थिइन् । माइतीबाट बोलाएर श्रीमान्ले लगेपछि आज उनको शव भेटिएको हो ।
प्रहरीले खातुनको हत्या भएको आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक बिनोद घिमिरेले घटनाको अनुसन्धान भइरहेको र श्रीमान्को समेत खोजी भइरहेको जानकारी दिनुभयो ।
मृतक चाँदनीको शव पोस्टमार्टमका लागि गौर अस्पताल लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्