१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एसईई परीक्षा बैशाख ९ गतेदेखि गर्ने निर्णय


312
Shares

काठमाडौं, माघ २६ । माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गतेदेखि हुने भएको छ ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा बैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षाको समय तालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बोर्डले बताएको छ ।

स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको बोर्डले जनाएको छ ।