२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


हेटौंडामा कालो पहिरन लगाएर आन्दोलन


91
Shares

हेटौंडा । सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश र जिल्ला महासंघ मकवानपुरका प्रतिनिधिहरू कालोपट्टी र कालो पहिरन लगाएर आन्दोलनमा उत्रिएको छ ।

सामुदायिक वनको अधिकार कटौती गर्ने गरि तयार गरिएको नियमावलीको मस्यौदा प्रदेश वन ऐन, संरक्षित वनक्षेत्र विस्तार, तेहेरो कर र वन पैदावर दुरुपयोगमा लगाइएको प्रतिवन्धको विरुद्धमा आन्दोलनमा उत्रिएको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम तिमल्सिनाले जानकारी गराउनुभयो ।

प्रशारण लाइन लगायतका विकास आयोजनाबाट भएका क्षतिवापत समूहलाई क्षतिपूर्ति दिनुपर्ने, वन पैदावार समूहलाई हस्तान्तरण गर्नुपर्ने, प्रदेश वन ऐनमा भएको सामुदायिक वन विरोधी व्यवस्थापन खारेज गर्नुपर्ने लगायतका माग आन्दोलनकारीहरूको छ ।

यसअघि मुख्यमन्त्री कार्यालय परिसरमा थाल ठटाएर विरोध प्रदर्शन गरिएको थियो ।