
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको सम्भावित प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
बुधबार निर्वाचन आयोगले नेपाल सरकारका आइटी विज्ञसँग छलफल गरेको थियो । छलफलपछि अध्ययन गर्न कार्यदल गठन भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल झाको संयोजकत्वमा कार्यदल गठन भएको जनाएको छ ।
अध्ययनको प्रतिवेदन सात दिनभित्र बुझाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन घोषणा भएसँगै आयोग त्यसको तयारीमा जुटेको हो ।
प्रतिक्रिया दिनुहोस्