१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


91
Shares

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । यी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ ।