१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोजपुरमा निः शुल्क स्वास्थ्य शिविर हुने


39
Shares

भोजपुर । भोजपुरमा आगामी फागुन २७ र २८ गते निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

भोजपुर नगरपालिकाको प्रायोजन र सहजिकरणमा दावाँली मिलन क्लब र नेपाल मेडिकल काउन्सिलको आयोजनामा जिल्ला अस्पताल भोजपुरमा विशेष मुटु रोग, हाडजोर्नी तथा नसा, मानसीक रोग, छाला तथा योन रोग, गाइनो, बालरोग, नाक, कान, घाटि रोग सहित ७ प्रकारको रोगहरुको उपचार हुने भएको छ ।

शिविरमा डा. लोचन कार्की, डा.भगवान कोइराला र डा.भुपेन्द्र बस्नेत लगायत १० जना वरिष्ठ चिकित्सकहरु सहित ६० जना स्वास्थ्यकर्मीहरुको उपस्थितिमा शिविर सञ्चालन हुने दावाँली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार क्लबले शिविरमा जिल्लामा बरिष्ठ चिकित्सकहरुको उपस्थितिमा ठूला ठूला अस्पतालहरुले प्रदान गर्ने उपचार बराबरको सेवा प्रदान हुनेछ ।

जिल्ला अस्पताल भोजपुरमा आउने बिरामीहरुको प्रकारको आधारमा फागुन ८ गते सरोकारवालाहरुको बैठक बसी शिविरमा उपचार हुने थप रोगहरुको बारेमा जानकारी दिने भएको छ ।