३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नक्कली पिसिआर बनाउने २ पक्राउ


169
Shares

चितवन । नक्कली पिसिआर रिर्पोट बनाएको आरोपमा चितवनबाट दुई जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार देव हस्पिटल प्रा.लि.का हेल्थ असिस्टेण्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका–६ का प्रकाश न्यौपानेलाई पक्राउ गरिएको हो ।

दुई जनाले देव अस्पतालमा बिरामीको स्वाब लिने र भरतपुर अस्पतालले संचालन गरेको प्रयोगशालाको नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ ।

पक्राउ परेका न्यौपाने यसअघि भरतपुर अस्पतालको ल्याबमा काम गर्ने गरेको र त्यहाँ गरेको कामको अनुभवका आधारमा नक्कली पिसिआर रिपोर्ट बनाउने काममा सक्रिय भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।