
काठमाडौं । एएफसी कप छनोट अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लू स्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मछिन्द्र र ब्लू स्टारबीचको खेल अप्रिल ५ (चैत २२) मा दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ । एएफसीले बिहीबार मैदान र समयको टुंगो लगाएको हो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणसम्म अंक तालिकाको शीर्ष स्थानमा रहेको आधारमा मछिन्द्रले एएफसी कप छनोटका लागि छनोट भएको थियो ।
ब्लू स्टारविरुद्धको खेलमा जित हात पारेको खण्डमा मछिन्द्रले अप्रिल १२ मा भारतको एटीके मोहन बगानविरुद्ध कोलकाताको विवेकानन्द युवा भारती क्रिरांगामा खेल्नेछ ।
समूह चरणमा स्थान बनाउन मछिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्