
काठमाडौं, माघ २७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।
नयाँ वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ४ औं स्थानमा रहेको छ ।
माल्दिभ्स १ सय ५७ औं स्थानमा छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् । बंगलादेश १८६ औं, भुटान १८५ औं, पाकिस्तान १९७ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन् ।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् । इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्