१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु, १९ घाइते


91
Shares

काठमाडौं, माघ २७ । मदन भण्डारी लोकमार्ग अन्र्तगत उदयपुरको उदयपुरगढी गाउँपालिका नागबेली स्थीत जंगलमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो । घाइते भएकाहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।