१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले कच्चा दूधको मूल्य बढाएलगत्तै दुग्ध संस्थानले उपभोक्ता मूल्य बढायो


0
Shares

काठमाडौं, माघ २७ । सरकारले किसानले पाउने कच्चा दुधको मूल्य मात्रै बढाएको दाबी गर्दै आए पनि सरकारी संस्थान दुग्ध विकास संस्थानले दुधको उपभोक्ता मूल्य बढाएको छ ।

संस्थानले शुक्रबारबाट लागू हुने गरी लिटरमा ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ पुर्‍याएको छ । संस्थानले ३ प्रतिशत फ्याट भएको स्ट्यान्डर्ड निलो आधा लिटर प्याकेट दुधको उपभोक्ता मूल्य ४२ रुपैयाँ ५० पैसा, ५ प्रतिशत फ्याटको ५७ रुपैया, साढें ३ प्रतिशत फ्याटको ५१ र डेढ प्रतिशत फ्याटको टि मिल्कको ४० रुपैयाँ कायम गरको छ ।

सरकारले कच्चा दूधको मूल्य बृद्धि गरेको, पेट्रोलियम पदार्थको भाउ अत्यधिक बढेको, प्रशासनिक व्ययभार बढकाले दूधको मूल्य बढाउनु परेको संस्थानले नजाएको छ ।