१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्यमोहन जोशीको फोक्सोमा पानी जम्यो, पिसाबमा पनि संक्रमण


1.781k
Shares

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको फोक्सोमा पानी जमेको छ ।

विगत तीन दिनदेखि ललितपुरको किस्ट शिक्षण अस्पतालमा भर्ना हुनुभएका जोशीको फोक्सनेमा पानी जमेको अस्पतालद्वारा जारी स्वास्थ्य बुलेटिनमा उल्लेख छ ।

उहाँलाई देखिएको न्यूमोनिया संक्रमण र मुटुमा देखिको समस्याको पनि उपचार चलिरहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो ।

जोशीलाई प्रोष्टेको समस्यासमेत रहकाले त्यसका कारण पिसाबमा पनि संक्रमण देखिएको छ । संक्रमण देखिनेबित्तिकै अस्पतालले उहाँलाई युरोलोस्टिको निगरानीमा उपचार सुरु गरिएको छ ।

अस्पतालद्वारा जारी बुलेटिनमा बिहीबारबाट फिजियोथेरापीसमेत सुरु गरिएको जनाइएको छ ।