
बैतडी । नेपाल–भारत सीमा चार दिनका लागि बन्द हुने भएका छन् ।
भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४(फागुन २ गते)मा विधानसभा निर्वाचन हुने भएकाले बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका चारदिनका लागि बन्द गरिने भएको हो ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका माघ २८ गते बेलुका ५ बजेदेखि फागुन ३ गतेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
यस्तै दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाकाहरु पनि माघ २८ गतेदेखि फागुन २ गतेसम्म बन्द हुने दार्चुला जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुवै देशको सहमतिमा नाकाहरु बन्द गरिने भएका हुन् । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्