
पाल्पा । आगो ताप्ने क्रममा जलेर जिल्लामा एक महिलाको मृत्यु भएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा बगनासकाली गाउँपालिका–२ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
घरमै बसेर आगो ताप्दै गर्दा अचानक दुवै खुट्टा र हात जल्न गई घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मिसन अस्पतालमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्