१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिउँमा फसेका ३४ जनाको पाँच दिनपछि घर फर्किए


130
Shares

काठमाडौं । जुम्ला तातोपानी गाउँपालिका–८ पाटनको हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि घर फर्किएका छन् ।

स्थानीय प्रशासन, तातोपानी गाउँपालिका, कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा हिउँमा फसेका नागरिकको उद्धार गरिएको हो ।

हिउँमा फसेका ३४ नागरिकसहित पाटन क्षेत्रमा रहेका सयौँ भेडाको उद्धार भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

पाटन क्षेत्रमा जडीबुटी सेतोचिनी सङ्कलनका लागि गएका स्थानीयवासी हिउँ परेपछि पाटनमै थुनिएका थिए । पाटन क्षेत्रमा झण्डै चार फिट हिउँ जमेको थियो ।

यसअघि उनीहरुसंगै जडीबुटी संकलन गर्न गएका दुई जनाको चिसोको कारण मृत्यु भएको थियो ।