१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डिसहोमले ल्यायो ६०० एमबीपीएसको मेगाफाइ इन्टरनेट


1.573k
Shares

काठमाडौं । डिसहोम फाइबरनेटले ६००एमबीपीएस स्पीड भएको मेगा–फाइ इन्टरनेट प्रदान गर्ने भएको छ ।

कम्पनीले उच्च गतिको इन्टरनेट प्रयोगकर्ताका लागि ३ सय र ६ सय एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको जनाएको हो ।

नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाइ सिक्स राउटर र मेस नोड मार्फत ग्राहकहरूले हाइ स्पीड इन्टरनेटको मज्जा लिन सक्ने कम्पनीको दाबी छ ।

वाइफाइ सिक्स राउटर प्रयोगकर्ताको इन्टरनेट स्पीड अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा बढी हुने कम्पनीको जिकिर छ ।