२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


व्यवसायी चौधरीको हत्या आरोपीत ६ जना पक्राउ


1.261k
Shares

नवलपरासी, माघ २७ । काठमाडौंका व्यवसायी बिजय चौधरीको हत्यामा संलग्न भएको आरोपमा नवलपरासी प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको असनमा भाँडा तथा हार्डवेयर व्यवसाय गर्दै आएका ३५ वर्षिय बिजय चौधरीलाई नवलपरासीको रामग्राममा हत्या गरी फालेको अभियोगमा उनिहरुलाई पक्राउ गरीएको हो ।

पक्राउ पर्नेम नवलपरासी रामग्राम नगरपालिको मञ्जुर आलम देवान, उनकी श्रीमती हदिसुन नेसा, वसन्त कुमार सहानी र उनकी श्रीमती शारदादेवी केवट रहेका छन् । त्यस्तै काठमाडौंका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

२० लाखको जग्गाको प्रलोभनमा परेर चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।