१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


78
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

आज बिहान देशका पहाडी भु-भागमा आंशिक बदली रहेको छ भने तरार्का केही स्थानमा हुस्सु-कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, आज दिउँसो भने प्रदेश-१,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागका केही स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै , आज राती भने प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भु-भागको मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १ को पहाडी भु-भागका केही स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।