
पाल्पाः पाल्पामा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गरेको लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल रम्भा गाउँपालिका–२, सुरुमडाँडामा दुर्घटना हुँदा चालक २३ वर्षीय रविन दमैको मृत्यु भएको हो ।
मोटरसाइकल आफैं अनियन्त्रित भई सडकदेखि २ सय मिटर तल खस्न पुग्दा दमैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वी रुकुमको भुमे गाउँपालिका–४ स्थायी घर भएका मृतक दमै रम्भा गाउँपालिका पाल्पामा भूकम्प प्रभावित क्षेत्र हेर्ने इञ्जिनियरका रुपमा कार्यरत रहेको बुझिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्