३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मदिरा सेवनले ज्योती गुम्दा जीवनभर पश्चाताप


2.665k
Shares

काठमाडौं । बिशाक्त मदिरा सेवनले मृत्यु हुने घटना कुनै नौलो होइन ।

संसार देखिसकेका ब्यक्ति जसले पारिवारिक जमघटमा आफना नातेदासँग मदिरा सेवन गरेकोमा नातेदारको मृत्यु र आफनो दृष्टि गुमेकोमा उनलाई जीवनभर पश्चाताप छ र अरुलाई पनि मदिरा सेवन गर्दा सचेत रहन उनको आग्रह छ ।

यी हुन् राजेन्द्र दुलाल क्षेत्री । पेशाले कानूनविद् । यिनी जन्मजात दृष्टिबिहीन होइन । दुर्घटना बस दृष्टीबिहीन भएको ११ बर्ष बितिसक्यो । साथीसँग पारिवारिक जमघटमा मदिरा सेवन गर्दा आँखाको दृष्टि गुमाउन पुगेका राजेन्द्र आफनो दृष्टि गुमेकोदेखि उपचार प्रक्रियाको क्षण यसरी सम्झन्छन् ।

दृष्टि हुँदा संसार देखिसकेको राजेन्द्रलाई जन्मजात दृष्टिबिहीन भएकाहरुले सहाराको रुपमा प्रयोग गर्ने सेतो छडी प्रयोग गर्न भने कठिन भएको र अरुको सहारामा हिड्नु पर्ने ब्यक्तिगत बुझाइ छ ।

मृत्युपछि खरानी हुने आँखाको नानी दान गर्ने अभियान चलेको बेला आफनो आँखाको नशा सुकेपनि आँखाको नानी दान दिने पक्षमा छन् राजेन्द्र ।

मदिरा सेवन शरीरको लागि घातक हुने चेतना हुँदाहुँदै बिशाक्त मदिरा सेवनका कारण यसरी दृष्टि गुमाउनु पर्दाको राजेन्द्रको अनुभवले पाठ पो सिक्ने हो कि ?