२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोरोनाको दोस्रो डोज पूरा गरेकालाई फागुन १ देखि बुस्टर डाेज दिइने


260
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ गतेदेखि कोरोनाको दोस्रो डोज पूरा गरेका सबैलाई बुस्टर खोप प्रदान गर्ने बताउनुभएको छ ।

आफूले कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण शुक्रबार सार्वजनिक गर्दै मन्त्री खतिवडाले दुई डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई बुस्टर खोप लगाउने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै उहाँले वैशाख मसान्तसम्म १२ वर्ष उमेर माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याउने दाबी गर्नुभयो । खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका ३६ लाख किशोर किशोरीलाई खोप लगाउन थालिएको भन्दै ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाईसमेत लगाउने खोप सुनिश्चित भइसकेको जानकारी दिनुभयो ।

हालसम्म ४ करोड ६५ लाख ७० हजार ७ सय २० खोप प्राप्त भइसकेको र ३ करोड ४८ लाख २५ हजार ६ सय १ मात्रा खोप लगाइसकिएको उहाँले उल्लेख गर्नुभयो ।

खतिवडाले आफूले कार्यभार सम्हालेपछि २ हजार २ सय आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न भएको, जर्मन विकास बैंकको सहयोगमा जिरी, रामेछाप र गोर्खामा सुविासम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भैसकेको बबताउनुभयो ।

त्यसैगरि ५, १० तथा १५ शय्याका २ सय २६ वटा आधारभूत अस्पतालको टेन्डर प्रक्रिया भइ कार्य प्रारम्भ भएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।