२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल-भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानको निर्माण ५० प्रतिशत


39
Shares

हेटौंडा, माघ २८ । नेपा-–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठान निर्माणको काममा ढिलाई भएको छ ।

सम्झौता अनुसार भवन निर्माण सम्पन्न गरी सक्नु पर्ने समय सकीए पनि ५० प्रतिशत मात्र काम भएको छ ।

भारत सरकारको ४८ करोड ४८ लाखको लागतमा भारतीय निर्माण कम्पनि टेलिकम्युनिकेसन्स कन्सलटेन्टले चित्रेपानीमा साढे १७ हेक्टर क्षेत्रफलमा प्रतिष्ठान भवनको निर्माण गर्ने जिम्मा लिएको थियो । २०७६ भदौ १४ मा सम्झौता गरी २ बर्ष भित्र सम्पन्न गर्ने सम्झौता भए पनि भवन निर्माणको काम आधा मात्र भएको छ ।

कम्पनीले कोरोनाको असर र भारतबाट निर्माण सामाग्री ल्याउन प्रक्रियागत झन्झटको कारण नेपाली कम्पनि शान्ति आरोग्यलाई भवन निर्माणको जिम्मा दिएको थियो ।

नेपाली निर्माण कम्पनीले २३ वटा ब्लकमा काम गरिरहेको र अधिकांश भवनको पहिलो र दोश्रो तल्लाको काम भई रहेको जनाएको छ । निर्माणको काम भइरहेपनि भारतीय कम्पनीबाट भुक्तानी प्राप्त हुन् ढिलाई हुँदा भवन निर्माणमा ढीलाई भएको जनाईएको छ ।

शान्ति आरोग्य निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर अभिषेक बरालले हाल निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि आगामी २०२२ जुलाई महिना सम्मको लागि म्याद थप गरिएको बताउनुभयो ।