
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारण सेवा सङ्कुचन गरेको काठमाडौं जिल्ला अदालतले फागुन १ गतेदेखि सम्पूर्ण सेवा पुनः सुरु हुने भएको छ ।
शुक्रबार बसेको अदालतको पूर्ण बैठकले कोरोना संक्रमणको अवस्थामा सुधार आएको भन्दै रोक लगाइएका गरिएका सम्पूर्ण सेवाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो ।
साथै बैठकले अदालतबाट सेवा लिने क्रममा स्वास्थ्य मापदण्ड पूर्ण पालनाका लागिसमेत आग्रह गरेको छ ।
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएपछि अदालतले माघ ५ गते बसेको पूर्ण बैठकले अदालतको सेवामा सङ्कुचन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्