
चितवन, माघ २८ । पूर्वी चितवनका चार वटा नगरपालिकाहरु मिलेर फोहोर व्यवस्थापनको दिगो पहल अगाडि बढाएका छन् ।
पाँच वर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेका बेला पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाले संयुक्त रुपमा फोहोर व्यवस्थापनको तयारी अगाडि बढाएका हुन् ।
नगरपालिकाहरुले जर्मनी र कोरियन दूतावासमार्फत जर्मनीको भिष्तारा इन्टरनेशनलसँगको सहकार्यमा सबै नगरपालिकाको पायक पर्ने ठाउँमा फोहोर व्यवस्थापनको प्रक्रिया थालेका हुन् । स्थानीय तहका प्रमुखहरुले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेर पठाएका छन् ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको समन्वयमा खैरहनी नगरपालिकामा चार स्थानीय तहबीच बैठक बसेर प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेर पठाइएको हो । प्रारम्भिक समझदारी पत्रमा रत्ननगरका मेयर नारायण वन, खैरहनीका मेयर लालमणि चौधरी, राप्तीका मेयर प्रभा बराल र कालिकाका मेयर खुमनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्