११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सरकार ढल्नेमा प्रधानमन्त्री ओली त्रस्त ! साच्चै कि, मनको बाघले खाँदैछ ? (भिडियो सहित)


0
Shares

काठमाडौं, फागुन ११ । सरकार गठनको दुई वर्ष भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने संवैधानिक बाटो खुलेपछि ओली स्वयम सरकारको आयुबारे टिकाटिप्पणीमा जोडिन थाल्नु भएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले चाहिँ सरकार ढाल्ने कल्पनै नगरिएको बताएको छ ।

प्रतिनिधि सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपस्थिति दुई तिहाई हाराहारीमा रहेकाले केपी शर्मा ओलीको सरकारलाई पछिल्लो दशककै शक्तिशाली मानिन्छ ।

संसदमा सुविधाजनक एकल बहुमत रहेको पार्टीको सरकार ढाल्ने विषय प्रतिपक्षी दलहरुका लागि कल्पना बाहिरको विषय हो । सत्तारुढ दल नेकपाको विभाजन या अन्तरिम समिकरणमा फेरबदलबाहेक ओली सरकार विस्थापित हुने सम्भावना छैन । र पनि शक्तिशाली प्रधानमन्त्री ओलीलाई अविश्वास प्रस्तावले पिरोल्न थालेको छ ।

अविश्वास प्रस्तावको संवैधानिक व्यवस्थाले ओलीको मनमा चिसो पसेको हुन सक्छ । तर, वेटिङ गभरमेन्ट मानिने प्रतिपक्षी दल नेपाली कांग्रेससँग संसदीय गणितको हिसाबले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तागत छैन । कांग्रेस महामन्त्री डा. सशांक कोइराला आफ्नो पार्टीमा सरकार परिवर्तनबारे कुनै सोच नरहेको बताउछन् ।

सरकारसँग सन्तुष्ट भएर कांग्रेसले ओलीको विकल्प नसोचेको चाहिँ होइन । जनता राजनीतिक अस्थिरताका कारण पटक पटक सरकार फेरिने राजनीतिबाट दिक्कवाक्क थिए ।

पाँच वर्षको स्थीर सरकार दिने चुनावी नाराकै कारण पनि नेकपाले प्रचुर बहुमत प्राप्त गरेको हो । तर, दुई वर्षे कार्यकाल सक्नासाथ प्रधानमन्त्री ओलीले नै सरकार ढाल्ने षडयन्त्र देख्नुको अर्थ बुझ्न सकिएको छैन ।

ओलीको बोलीले स्थिरतालाई साथ देला की अस्थीरतालाई ? पाँच वर्ष शासन चलाउने म्यान्डेट पाएका प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति जनमतकै अपमान होइन र?