
काठमाडौं, माघ २८ । अघिल्लो प्रदेश सरकारले गरेको सम्पूर्ण राजनीति नियुक्ति बाग्मती प्रदेशमा धमाधम खारेज गर्न थालिएको छ ।
राजेन्द्र पाण्डे नेतृत्वको सरकारले तत्कालीन नेकपा एमालेबाट मुख्यमन्त्री बनेका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गरेको सम्पूर्ण राजनीतिक नियुक्ती यसै हप्ताभित्र खारेज गर्ने तयारी गरेको हो ।
प्रदेश सरकारले सम्पूर्ण राजनीतिक नियुक्ति खारेज गर्ने प्रक्रिया एक महिना अघिदेखि नै थालेको थियो । हाल राजनीति नियुक्ति लिएकालाई तेस्रो पटकसम्म स्पष्टीकरण सोधेर धमाधम नियुक्ति खारेज गर्ने काम भइरहेको जनाईएको छ ।
स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा आचारसंहिता लाग्नुअघि नै आफ्ना मान्छेलाई नियुक्त गरिसक्ने तयारीमा सरकार अगाडि बढेको बुझिएको छ । हाल गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा एकीमृत समाजवादी र जसपाबाट अब राजनीति नियुक्ति हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्