२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओमानद्वारा नेपालसामु १ सय ३६ रनको लक्ष्य


104
Shares

काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आयोजक ओमानले नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएको छ ।

अल अमिरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोड्यो ।

ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे ।

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ ।