
काठमाडौं । काठमाडौं महानगरपालिकाको कर मोबाइल वालेट खल्तीबाट पनि तिर्न सकिने भएको छ ।
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले करदाताहरूका लागि काठमाडौं महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको जनाएको हो ।
यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने जग्गा, घरभाडा, सवारी, साधन, व्यवसायलगायतको कर अब ‘खल्ती’ मार्फत् सहजै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्