
काठमाडौं । नेपाल बार एसोसिएसनले पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन चर्काउने भएको छ ।
कोरोनाका कारण हाल भर्चुअल रुपमा हुँदै आएको आन्दोलन आगामी फागुन १ देखि भने भौतिक रूपमै सुरु गर्न लागिएको बारले जनाएको छ ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै न्यायपालिकाको सुद्धिकरण र सुदृढीकरणका फेरी भौतिक रुपमा नै आन्दोलन गर्ने बताएको छ ।
बारले १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश जबराको राजीनामा माग गरि आन्दोलित हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्