२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


‘ए’ डिभिजन लिग फुटबल : आर्मी र जावलाखेलले अंक बाँडे


65
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले जावलाखेलसँग १–१ गोलको बराबरी खेलेको हो । जावलाखेलका लागि ओन्गुना जुनियरले गोल गरे ।

आर्मीका सुमन अर्यालले गोल गरे । बराबरीसँगै आर्मीले १० खेलमा १८ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा यथावत रहेको छ ।

जावलाखेलले १० खेलमा ९ अंक जोडेको छ । जावलाखेल ११ औं स्थानमा रहेको छ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले मा पहिलो जित निकालेको थियो । उसले बिग्रेड ब्वाइजलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।