२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


बाइडेन र पुटिनबीच आज टेलिफोन वार्ता हुँदै


117
Shares

काठमाडौं । युक्रेन मामिलामा आमने–सामने भएका रुस र अमेरिकाका राष्ट्रपतिले आज टेलिफोन वार्ता गर्नुहुने भएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ । क्रेमलिन प्रवत्ता पेस्कोभले अमेरिकी पक्षको लिखित अनुरोधमा टेलिफोन वार्ता गर्न लागिएको बताउनुभएको छ ।

यसैबीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको विषयमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र इयुका प्रमुखहरू सहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम भएको जनाइएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै यूक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दोहोर्याएको छ । बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका रूसका सेनाले उत्पन्न गरेको खतराका कारण अमेरिकी नागरिकहरूलाई यूक्रेन छोड्न बिहिबार बाइडेनले निर्देशन दिनुभएको थियो ।

कीभले तनावलाई शान्त पार्ने कोसिस गरेको छ । साथै कुनै पनि बेला सम्पूर्ण युद्ध सुरु हुन सक्छ भन्ने अमेरिकी गुप्तचरको मूल्याङ्कनसँग यूक्रेन सहमत छैन । युक्रेनी विदेश मन्त्री डिमित्रो कुलेबाले बाइडेनले अमेरिकी विदेश मन्त्रालयबाट राज्य विभागबाट पहिलेको मार्गदर्शनलाई मात्र पुनः स्थापित गरेको भन्दै यो भनाइमा कुनै नयाँ कुरा नभएको बताउनुभएको छ ।

उहाँले आफुहरुलाई संयुक्त राज्य अमेरिकाको स्थान थाह रहेको भन्दै उसले पहिले पनि यस्तो भनाइ राखेको उल्लेख गर्नुभएको छ ।