
काठमाडौं । महामारीको तेस्रो लहरका कारण बन्द भएका काठमाडौं उपत्यकाका विद्यालय भोलि आइतबारबाट पुनः सञ्चालनमा आउने भएका छन् ।
कोरोना संक्रमणका कारण पुस २९ गतेबाट बन्द भएका विद्यालय फागुन १ गते आइतबारबाट खुल्ला हुने भएका हुन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले गत आइतबार भौतिक उपस्थितिमा विद्यालय पुनः सञ्चालनमा गर्ने निर्णय गरे अनुसार विद्यालय खुल्ला हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश अनुसार कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका १२ वर्षमाथि उमेर समूहका विद्यार्थीका हकमा मात्र नियमित रूपमा कक्षा सञ्चालन गर्ने र १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा भने आलोपालो दिनमा कक्षा सञ्चालन हुनेछ ।
त्यसैगरी सबै प्रकारका परीक्षाहरु समेत स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी, गराई जेड आकारमा सिट व्यवस्थापन गरी फागुन १ गतेदेखि सञ्चालन गरिने छ ।
प्रतिक्रिया दिनुहोस्