१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह, हवाइ बम आक्रमण हुनसक्ने चेतावनी


4.082k
Shares

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । रुसले कुनैपनि समय युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यस्तो आग्रह गरेको हो ।

ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाइ बम आक्रमण सुरु हुनसक्ने भएकाले त्यहाँबाट निस्कन कठिन हुनसक्ने चेतावनी समेत दिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरे ५० हजार सर्वसाधारणको मृत्यु हुनसक्ने अमेरिकाले चेतावनी दिएको छ ।

तर, रुसले भने आक्रमणको योजना अस्वीकार गर्दै आएको छ । यद्यपि उसले युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरेकाे छ । सैन्य अभ्यासका लागि सेना त्यहाँ गएकाे रुसकाे दाबी छ ।

यसैबीच बेलायत, क्यानडा, नेदरल्यान्ड्स, लात्भिया, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन् ।

यसअघि अमेरिकी राष्टपति जो बाइडेनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने भन्दै आफ्न नागरिक लाइै तुरुन्तै युक्रेन छा्ड्न चेतावनी दिनुभएको थियो ।