
काठमाडौं । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।
तत्कालीन विद्रोही नेकपा माओवादी ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।
मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा मधेशका प्रत्येक जिल्लाका ५ जना जनयुद्धका सहिदका परिवारलाई जनही एकलाख रुपैयाँ आर्थिक सहायतासमेत उपलब्ध गराउने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्