
रौतहट, फागुन ११ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ पर्साटोलका ७० बर्षीय फेकन पण्डितको शनिबारराती हत्या भएको छ ।
गोठमा सुतिरहेका उनलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।
आइतबार बिहान अबेरसम्म गोठबाट ननिस्किएपछि बोलाउँदा उनका छोराले विभत्स अवस्था शव फेला पारेका थिए ।
हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्