
पर्वत । पर्वतको कुश्मामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेका छन् ।
कुश्मा नगरपालिका–४ डम्डारेखोलाकी ४१ वर्षीया सीता परियाको हत्या आरोपमा प्रहरीले बागलुङ जिल्ला, बागलुङ नगरपालिका–६ घर भइ हाल कुश्माबवजार स्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले पक्राउ गरेको हो ।
शुक्रबार विहान १० बजे परियारले श्रीमतीको हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतक महिलाको शरीरमा निल डाम सहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले घटनास्थलबाट हसिया पनि नियन्त्रणमा लिएको छ ।
दुवै श्रीमान् श्रीमती यस अघि पनि पटक–पटक झगडा गरेर सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आउने र मेलमिलाप पश्चात् फर्किने गरेका थिए ।
शुक्रबार विहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियार मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले बताउनुभयो ।
मृतकका एक छोरा र एक छोरी रहेका छन् । तर दुवै छोराछोरी उनीहरूको साथमा छैनन् । शुक्रबार साँझ मात्रै आफन्तले किटानी उजुरी दिएको र शनिबार उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्