२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गालीमा पनि माहिराको मायालु जवाफ

बलिउडमा प्रतिबन्धपछि पाकिस्तानमै व्यस्त

117
Shares

एजेन्सी । पाकिस्तानी अभिनेत्री माहिरा खान तीब्र गतिमा अभिनय गर्ने पात्र मात्र नभएर कसैले अनावश्यक कुरा गरेमा त्यसलाई उचित जवाफ दिन पनि माहिर छिन् ।

एक समाजिक संजाल प्रयोगकर्ताले केहि दिन अघि ट्वीटमा माहिराका लागि लक्षित गरेर लेखेका थिए–’भिखारी पाकिस्तानी, आफ्नो देश, आतंकवादी देश, आतंकवादी धर्ममा ध्यान दिनुहोस्।’ यसमा ती व्यक्तिले माहिरालाई ट्रोल गर्ने प्रयास गरेका थिए ।
यद्यपि पछि ती प्रयोगकर्ताले यो ट्वीट र आफ्नो एकाउन्ट डिलिट गरिदिएका थिए । तर त्यतिन्जेल ढिलो भइसकेको थियो । माहिराका फ्यानहरुले यसको स्क्रिनसट लिएर भाइरल गरे ।

माहिराले जसले उनलाई लक्षित गरेर ट्वीट गरेका थिए,उनलाई जवाफ दिईन–‘छोरा, तिमीले ममा ध्यान केन्द्रित गरेका छौ,यहाँबाट जाउ’ । उनले निकै संयम भएर जवाफ दिइन् ।त्यसैगरी अर्का सामाजिक संजाल प्रयोग कर्ताले माहिराको आस्क मी सेसन मार्फत उनलाई प्रपोज गर्न अनुमति मागेका थिए । प्रयोगकर्ताले माहिरालाई सोधेका थिए ’माहिरा जी, के म तपाईलाई एकपटक मात्र प्रपोज गर्न सक्छु, सुन्दरी ?’ जसमा माहिराले जवाफ दिइन्, ‘प्रपोज गरन यार,कसले रोकेको छ ’? याद गर्नुहोस् कि वर्षौंदेखि मेरो जवाफ एउटै छ’ । सामाजिक संजालमा निकै सक्रिय माहिराले दिएको जवाफले उनका फ्यानहरु निकै खुशी भएका भारतीय संचारमाध्यमले जनाएका छन् ।

पाकिस्तानी नायिका भएपनि माहिराले सन् २०१७ मा फिल्म ‘रईस’ बाट भारतीय फिल्म क्षेत्र अर्थात बलिउडमा डेब्यु गरेकी थिइन् । यो फिल्ममा माहिराको कामले भारतीय दर्शकलाई निकै प्रभावित बनाएको थियो । पछि भारतमा पाकिस्तानी कलाकारको प्रतिबन्धका कारण माहिरा हिन्दी फिल्ममा देखिइनन् । अहिले माहिरा पाकिस्तानी फिल्म र शोमा निकै प्रगति गरिरहेकी छिन् ।