
काठमाडौं । नेपालमा थप ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार ६ सय ५४ जनामा भएको परीक्षणमा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय २६ जना संक्रमणमुक्त हुँदा २ लाख ८८ हजार ८ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
संक्रमणबाट सोही अवधिमा ४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ८२ पुगेको छ ।
देशभर अहिले २६ हजार १ सय २ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्