१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ज्येष्ठ नागरिकलाई सिरक वितरण


91
Shares

धनकुटा । जिल्लाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको छ ।

जाडो मौसममा ज्येष्ठ नागरिक जोखिममा रहने भन्दै नगर क्षेत्रका ८० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गर्न थालिएको नगरप्रमुख पर्शूराम नेपालले बताउनुभयो ।

‘सबै वृद्धवृद्धाहरूसँग जाडो छल्न न्यानो कपडा नहुन सक्छ,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा कठ्यांग्रिएर बस्न नपरोस् भनेर सिरक वितरण गर्न थालेका हौं ।’

महालक्ष्मी नगरक्षेत्रमा ८० वर्षमाथिका करिब ३ सय ५० ज्येष्ठनागरिक रहेको नगरपालिकाको तथ्याङ्क छ ।