
काठमाडौं । १५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटका लागि जारी अक्सनमा युवा खेलाडी इसान किसान सबैभन्दा महंगो मूल्यमा बिक्री भएका छन् ।
मुम्बई इन्डियन्सले इसान किसानलाई १५ करोड २५ लाख रुपैयाँमा यस संस्करणमो आइपीएलका लागि टीममा खरिद गरेको हो ।
दुई करोडको आधार मूल्य तय गरिएकोमा उनलाई आफ्नो टीममा लिन सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, पञ्जाब किंग्सले बोली लगाएका थिए ।
तर, अन्त्यमा उनलाई आईपीएलमा डेब्यू गराएको टीम मुम्बई इन्डियन्सले नै उनलाई खरिद गरेको हो । मुम्बईले पहिलोपटक कुनै एक खेलाडीका लागि १० करोडभन्दा बढीको मूल्य खर्च गरेको हो ।
किसान अघि कोलकात्ता नाइट राइडर्सले श्रेयस अय्यरका लागि १२ करोड २५ लाख रुपैयाँमा खरिद गरेको थियो । अय्यर यसअघि दिल्ली क्यापिटल्सबाट खेल्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्