
काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि १६ वटा टावर तयार गरिएकोे छ ।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि हालसम्म १६ वटा टावर तयार गरिएको हो ।
दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण तीव्रगतिमा चलिरहेको लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठकाअनुसार ३५ वटा टावरको जग हाल्ने काम भइसकेकोे छ । प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिने भएको छ ।
प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको र त्यसका लागि २३ रोपनी पाँच आना जग्गा अधिग्रहण गर्न मुआब्जा पनि वितरण भइरहेको छ ।
प्रसारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने संख्या घटेकाले आइई पुनरावलोकन गरी स्वीकृतिका लागि विद्युत् विकास विभागमा पठाइएको छ ।
आयोजनाले हालसम्म २५ प्रतिशत भौतिक प्रगति गरेकामा सबैभन्दा ढिलाइ भएको प्याकेज–१ अन्तर्गतको कामका लागि भने गत अगष्ट ३१ बाट निर्माण कम्पनी परिचालन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्